नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस भोलि देखि लागु गर्दै, दर्ता नभएका मोबाईल फोन नचल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस भोलि देखि लागु गर्दै, दर्ता नभएका मोबाईल फोन नचल्ने : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि अर्थात जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु गर्ने भएको छ ।

झन्डै दुई बर्ष ढिलो गरी नेपालको मोबाइल बजारलाई नियमन गर्न यो प्रणाली पूर्णरुपमा लागु हुने भएको छ । गत पुस १५ गतेदेखि नै एमडिएमएस लागु गर्ने भनेपनि लागु हुन सकेको थिए।

एमडिएमएस रोकिएको पाँच महिनापछि अर्थमन्त्रालयले विदेशबाट आउने यात्रुको लागि दुई ओटासम्म मोबाइल ल्याउन पाउने व्यवस्था नियमावली मार्फत सम्बोधन गरेपछि एमडिएमएस कार्यान्वयनको लागि बाटो खुलेको थियो । सो कारणले प्रधिकरणले भोलिदेखि पूर्णरुपमा एमडिएमएस प्रणाली लागु गर्ने छ ।

एमडिएमएस लागु भएपछी अवैध मोबाइल नचल्ने र कार्यालयमा जाँचपास भएका व्यक्तिले ल्याएका मोबाइल सेटहरु प्रणालीमा स्वत दर्ता हुने बताएको छ ।

प्राधिकरणका अनुसार एमडिएमएस लागु हुनुभन्दा अगाडि भित्रिएका दर्ता नभएका फोनको हकमा भने दर्ता गर्नुपर्ने छैन भने दर्ता नभएका फोनको हकमा प्राधिकरणमा अफलाइन, अनलाइनको माध्यमबाट दर्ता अनिवार्य गरिएको छ ।

यदि विदेशबाट आएका फोन दर्ता नगरे नेपालको प्रणालीमा नचल्ने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 May 2023
Website | + posts