माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला

माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला : Icon Khabar

काठमाडौं, वैशाख ३१ । माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ ।

शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेश गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेश गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

थप जानकारी आयोगको वेबसाइट www.tsc.gov.np बाट लिन सकिनेछ ।

Published Date: 14 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास