दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने : Icon Khabar

काठमाडौं, वैशाख ३१ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात मोखाले नेपालमा खासै असर नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चक्रवात शक्तिशाली बनेर उत्तर–उत्तर–पूर्व दिशातर्फ सर्दै बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Published Date: 14 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास