दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने : Icon Khabar

काठमाडौं, वैशाख ३१ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात मोखाले नेपालमा खासै असर नपर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चक्रवात शक्तिशाली बनेर उत्तर–उत्तर–पूर्व दिशातर्फ सर्दै बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Published Date: 14 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक