चार विनायक मध्यको एक इन्हरे गणेद्यो अर्थात सूर्यविनायक गणेश मन्दिर (फोटो फिचर)

चार विनायक मध्यको एक इन्हरे गणेद्यो अर्थात सूर्यविनायक गणेश मन्दिर (फोटो फिचर) : Icon Khabar

भक्तपुर, वैशाख ३० । सूर्यविनायक गणेश मन्दिर भक्तपुरनगर भन्दा २ किलोमिटर दक्षिणमा अवस्थित गणेश मन्दिर हो ।

काठमाडौँ उपत्यकामा रहेका चार विनायकहरु कार्यविनायक, अशोकविनायक, जलविनायकसँगै यस सूर्यविनायाक पनि प्रमुख विनायक हो ।यो मन्दिरको निर्माण आजभन्दा करिब १५ सय वर्ष अगाडि लिच्छिविकालिन राजा विष्णु देव बर्माको समयमा भएको विश्वास गरिन्छ । नेपाल भाषामा यस मन्दिरलाई इन्हरे गणेद्यो भनिन्छ ।

यस मन्दिरको विशेषता के हो भने, बोली नफुटेको तथा अस्पष्टता भएका बालबालिका सूर्यविनायकामा लगेर छोडिदिनाले अतालिँदै चिच्याउन थाल्ने र त्यहि चिच्याई पछि बोलीमा परिणत हुने जनविश्वास रहि आएको छ । यसका साथै हिड्न नजानेका बालबालिकालाई यहाँ ल्याएर छोडिदिनाले हिड्न थाल्छन् भन्ने पौराणिक जन विश्वास रहि आएको छ ।

गणेशको दर्शन गर्दा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने बताइन्छ भने कसैकसैले यहाँ दर्शन गर्नाले पुत्रलाभ हुने पनि बताएका छन् । सूर्यविनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् ।

एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए । उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरोको मृत्यु भएछ । मरेको छोरालाई ब्युँझाउन उनी पशुपतिनाथकै शरणमा पुगे । पशुपतिनाथले यहाँबाट हिँड्दै जाँदा भोलि सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ मेरो पुत्र गणेशले दर्शन देलान् उहीँ वर माग्नु भने । हिँड्दै जाँदा यही हाल सूर्यविनायक गणेश मन्दिरको स्थानमा आई पुगेर बास बसे । भोलिपल्ट बिहान सूर्य पहिलो किरण परेको स्थानमा गणेश उत्पत्ति भई ब्राहृमणको छोरो बचाइदिए । सूर्यको किरणसँगै उत्पत्ति भएको हुनाले सूर्यविनायक नाम रहेको मन्दिरका पुजारी बताउँछन् ।

Published Date: 13 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक