आर्मीलाई राष्ट्रिय पुरुष वीच भलिबलको उपाधि

आर्मीलाई राष्ट्रिय पुरुष वीच भलिबलको उपाधि : Icon Khabar

तानसेन,बैशाख ३० । राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो । उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझायो ।

अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई वीच भलिबलको हब बनाउने उद्धेश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथी प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए । प्रतियोगिताको दोस्रो संस्करणको उपस्थित भएर तानसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठ र बेगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहल क्षेत्रलाई वीच भलिबलको केन्द्र बनाउने घोषणा गरेका थिए । खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले रानीमहलमा राष्ट्रिय वीच भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Published Date: 13 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास