एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित : Icon Khabar

काठमाडौं, बैशाख ३१ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्कँदा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पिएसजीले १० खेलाडीमै समेटिन पुगेको एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

पिएसजीको जितमा एमबाप्पेले दुई तथा फावियन रुइज र अचरफ हाकिनीले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । पार्क डेस प्रिन्सेसमा शनिबार राति गोलको वर्षा भएको खेलको २२औं मिनेटमा फावियन रुइजको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।

३३औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ४७औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बन्यो । ५४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

७३औं मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । ७७औ मिनेटमा पिएसजी १० खेलाडीमा समेटिन पुग्यो । अचरफ हाकिमी सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

८०औं मिनेटमा एजारियोका थोमस मनगानी पनि सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३५ खेलबाट ८१ अंक पुगेको छ । पिएसजी दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अघि छ । लेन्सको ७५ अंक छ । पराजित एजासियो २३ अंक जोडेर १८औं स्थानमा छ ।

Published Date: 14 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास