सुबाश विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान

सुबाश विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान : Icon Khabar

काठमाडौं, बैसाख ३० ।  नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसिप  (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुबाशलाई शुभकामना सहित बिदाई गरे। सुबशले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने बिशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् । सुबाश हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औं स्थानमा रहेका छन् ।

मेलबर्नमा सुबाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन् । आगामी अक्टोवर महिनामा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्याशिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाईएको छ ।

अक्टोवर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुबाश र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

Published Date: 13 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक