उमा कुङफुका पदक विजेता सम्मानित

उमा कुङफुका पदक विजेता सम्मानित : Icon Khabar

काठमाडौं, बैशाख ३० । भारतको पञ्जाबमा भएको प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय र्मासल आर्ट प्रतियोगितामा पदक जित्न सफल ताकेश्वर उमा कुङफुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ ।

काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोश्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा स्वर्ण/रजत विजेता साइना महर्जन, सिम्रिका कुँवर, दर्शना तामाङ र आर्यन रावल, रजतधारी प्रशंसा तामाङ तथा कायंस्य विजेता राजन तामाङ रहेका छन् । नोभेम्बर ५ र ६ तारिखमा भएको प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी निभाएका ताकेश्वर उमा कुङफुका प्रमुख प्रशिक्षक रमेश महर्जन पनि नगदसहित सम्मानित भए ।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, काभ्रेस्थली खेलकुद उपभोक्ता समितिका अध्यक्ष प्रवीण खड्गी र तार्केश्वर नगर तेक्वान्दो कार्य समितिका अध्यक्ष विक्रम खड्गीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्रसहित सम्मान गरे ।

Published Date: 13 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक