उमा कुङफुका पदक विजेता सम्मानित

उमा कुङफुका पदक विजेता सम्मानित : Icon Khabar

काठमाडौं, बैशाख ३० । भारतको पञ्जाबमा भएको प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय र्मासल आर्ट प्रतियोगितामा पदक जित्न सफल ताकेश्वर उमा कुङफुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ ।

काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोश्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा स्वर्ण/रजत विजेता साइना महर्जन, सिम्रिका कुँवर, दर्शना तामाङ र आर्यन रावल, रजतधारी प्रशंसा तामाङ तथा कायंस्य विजेता राजन तामाङ रहेका छन् । नोभेम्बर ५ र ६ तारिखमा भएको प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी निभाएका ताकेश्वर उमा कुङफुका प्रमुख प्रशिक्षक रमेश महर्जन पनि नगदसहित सम्मानित भए ।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, काभ्रेस्थली खेलकुद उपभोक्ता समितिका अध्यक्ष प्रवीण खड्गी र तार्केश्वर नगर तेक्वान्दो कार्य समितिका अध्यक्ष विक्रम खड्गीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्रसहित सम्मान गरे ।

Published Date: 13 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास