नेपाल दूरसञ्चारको नाफामा सामान्य गिरावट

नेपाल दूरसञ्चारको नाफामा सामान्य गिरावट : Icon Khabar

काठमाडौं, वैशाख  ३० । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४३ प्रतिशत मात्र कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ थियो।

कम्पनीको बिक्री आम्दानी घटे पनि अन्य आम्दानी बढेका कारण खुद नाफा झिनो दरले घटेको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ ग्राहकबाट आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३५.७८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.०६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ पैसा घटेर ४० रुपैयाँ ९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१९ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

Published Date: 13 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक