परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीसँग ढाकामा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीसँग ढाकामा भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख ३० । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच शुक्रबार ढाकामा भेटवार्ता भएको छ ।

उक्त भेट हिन्द महासागर सम्मेलन २०२३ को अवसरमा भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले व्यापार, पारवहन, कनेक्टिभिटी र जनताबीचको सम्बन्धमा सहयोग सुदृढ गर्ने उपायबारे पनि छलफल भएको जनाएको छ ।

बंगलादेशको ढाकामा यही मे १२-१३ मा हुने छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री साउद शुक्रबार ढाका प्रस्थान गरेका हुन् । उनले भोलि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशको हजरत शहाजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।

शुक्रबार नै परराष्ट्रमन्त्रीले आफ्ना बंगलादेशी समकक्षीसँग भर्चुअल भेटवार्ता गरेका थिए जहाँ उनीहरूले व्यापार, पारवहन, ऊर्जा, शिक्षा, लगानी र जनताबीचको सम्बन्धका विषयमा छलफल गरेका थिए।

Published Date: 13 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास