परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीसँग ढाकामा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीसँग ढाकामा भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख ३० । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच शुक्रबार ढाकामा भेटवार्ता भएको छ ।

उक्त भेट हिन्द महासागर सम्मेलन २०२३ को अवसरमा भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले व्यापार, पारवहन, कनेक्टिभिटी र जनताबीचको सम्बन्धमा सहयोग सुदृढ गर्ने उपायबारे पनि छलफल भएको जनाएको छ ।

बंगलादेशको ढाकामा यही मे १२-१३ मा हुने छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री साउद शुक्रबार ढाका प्रस्थान गरेका हुन् । उनले भोलि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशको हजरत शहाजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।

शुक्रबार नै परराष्ट्रमन्त्रीले आफ्ना बंगलादेशी समकक्षीसँग भर्चुअल भेटवार्ता गरेका थिए जहाँ उनीहरूले व्यापार, पारवहन, ऊर्जा, शिक्षा, लगानी र जनताबीचको सम्बन्धका विषयमा छलफल गरेका थिए।

Published Date: 13 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक