लिगमा आज शीर्ष टोलीको बीच प्रतिस्पर्धा

लिगमा आज शीर्ष टोलीको बीच  प्रतिस्पर्धा : Icon Khabar

काठमाडौं, वैशाख  ३० । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशाला र च्यासल मैदानमा हुने खेलमा लिगको शीर्ष भागमा रहेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

दिउँसो ३ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । पछिल्लो ४ खेलमा लगातार जित दर्ता गरेको चर्च ब्वाइज शीर्ष स्थानमा उक्लन चाहन्छ । जावलाखेलसँग समान अंक रहेपनि हेड टु हेडमा पछि परेको चर्च ब्वाइजका लागि अन्जन विष्ट र अनन्त तामाङ चोटबाट फर्कनु सुखद बनेको छ । दुवैले एकसाथ खेलेको खेलमा चर्च ब्वाइज अपराजित छ ।

पहिलो लेगमा आर्मीसँग १-० ले हारेयता चर्च ब्वाइजले लिगमा लगातार जित हासिल गरेको छ । आजको खेलमा आर्मीका तीन खेलाडी प्रतिबन्धमा रहनेछन् । तीन पहेंलो कार्डका कारण कप्तान भरत खवास, डिफेन्डर विमल पाण्डे र विंगर सुदिल राई उपस्थित हुने छैनन् । आर्मी यसैपनि पछिल्लो ४ खेलमा जितविहिन छ ।

साँझ ६ बजे दशरथ रंगशालामा नेपाल एपिएफ फुटबल क्लब र सातदोबाटो युवा क्लबबीच खेल हुनेछ । यस खेलमा जित हासिल गर्ने टोलीले शीर्ष ४ मा उक्लने अवसर छ । एपिएफले पछिल्लो ५ मध्य २ खेलमा जित हासिल गरेको छ भने सातदोबाटो पछिल्लो ४ खेलमा जितविहिन छ ।

पहिलो लेगमा सातदोबाटोले १-० को जित दर्ता गरेको थियो । विलियम ओपोकुले सेन्टरबाट गोल गर्दै जित दिलाएका थिए । एपिएफले पछिल्लो खेलमा आर्मीलाई ३-० ले हराउनुअघि लगातार ३ खेल जित्न सकेको थिएन ।

Published Date: 13 May 2023

ताजा
वी किड्स स्कुलमा चौथौं ‘स्कुल ओपन हाउस’ कार्यक्रम सम्पन्न
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २१ गते शनिबार
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ

ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता