लिगमा आज शीर्ष टोलीको बीच प्रतिस्पर्धा

लिगमा आज शीर्ष टोलीको बीच  प्रतिस्पर्धा : Icon Khabar

काठमाडौं, वैशाख  ३० । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशाला र च्यासल मैदानमा हुने खेलमा लिगको शीर्ष भागमा रहेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

दिउँसो ३ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । पछिल्लो ४ खेलमा लगातार जित दर्ता गरेको चर्च ब्वाइज शीर्ष स्थानमा उक्लन चाहन्छ । जावलाखेलसँग समान अंक रहेपनि हेड टु हेडमा पछि परेको चर्च ब्वाइजका लागि अन्जन विष्ट र अनन्त तामाङ चोटबाट फर्कनु सुखद बनेको छ । दुवैले एकसाथ खेलेको खेलमा चर्च ब्वाइज अपराजित छ ।

पहिलो लेगमा आर्मीसँग १-० ले हारेयता चर्च ब्वाइजले लिगमा लगातार जित हासिल गरेको छ । आजको खेलमा आर्मीका तीन खेलाडी प्रतिबन्धमा रहनेछन् । तीन पहेंलो कार्डका कारण कप्तान भरत खवास, डिफेन्डर विमल पाण्डे र विंगर सुदिल राई उपस्थित हुने छैनन् । आर्मी यसैपनि पछिल्लो ४ खेलमा जितविहिन छ ।

साँझ ६ बजे दशरथ रंगशालामा नेपाल एपिएफ फुटबल क्लब र सातदोबाटो युवा क्लबबीच खेल हुनेछ । यस खेलमा जित हासिल गर्ने टोलीले शीर्ष ४ मा उक्लने अवसर छ । एपिएफले पछिल्लो ५ मध्य २ खेलमा जित हासिल गरेको छ भने सातदोबाटो पछिल्लो ४ खेलमा जितविहिन छ ।

पहिलो लेगमा सातदोबाटोले १-० को जित दर्ता गरेको थियो । विलियम ओपोकुले सेन्टरबाट गोल गर्दै जित दिलाएका थिए । एपिएफले पछिल्लो खेलमा आर्मीलाई ३-० ले हराउनुअघि लगातार ३ खेल जित्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 May 2023
Website | + posts

ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट