खुमलटारमाथि एनआरटीको नाटकीय जित

खुमलटारमाथि एनआरटीको नाटकीय जित : Icon Khabar

काठमाडौं, वैशाख २९ । पहिलो हाफमा २-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै न्यु रोड टिम (एनआरटी) ले सहिद स्मारक ए डिभिजन लिगमा फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार एनआरटीले ३-२ को जित दर्ता गर्दै अंक तालिकाको नवौं स्थानमा उक्लियो । एनआरटीको १७ खेलमा ५ जित, ६ बराबर र ६ हारसँगै २१ अंक छ । यता खुमलटार भने १७ खेलमा ५ जित, २ बराबर र १० हारका साथ १७ अंक जोड्दै पुछारमा छ ।

खेलको पहिलो हाफमा एनआरटीले आक्रमणमा निकै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । तर काउन्टर अट्याकमा भर परेको खुमलटारले २ गोल गरेको थियो । ३१ औं मिनेटमा गोलरक्षकको लामो बललाई रेजिन सुब्बाले फ्लिक गरेपछि स्टेफान समीरले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरे । ३९ औं मिनेटमा राजीव लोप्चनले पेनाल्टी क्षेत्र भित्रबाट तीन डिफेन्डरको बीचबाट गोल गरे ।

दोस्रो हाफमा पनि एनआरटीको आक्रमण कायम रह्यो । तर खुमलटारको खराब गोलरक्षणको फाइदा उठाउँदै एनआरटी खेलमा फर्कियो । ६२ औं मिनेटमा सरोज तामाङको कर्नरमा विक्रम धिमालको हेडर गोलरक्षक देव लिम्बुको हातमा लाग्दै गोल भयो ।

त्यसको २ मिनेटपछि नै एनआरटीले बराबरी गोल फर्कायो । निकोलस सर्ज संगको क्रस गोलरक्षक देवले समाउने प्रयास गर्दा आफ्नै पोस्टभित्र छिराएपछि खेल २-२ को स्थितिमा पुग्यो । त्यसपछि प्रशिक्षक याम गुरुङले देवको स्थानमा गोलरक्षक राजकुमार लिम्बुलाई मैदान छिराए ।

तर ८३ औं मिनेटमा निकोलस संगले एनआरटीलाई अग्रता दिलाए । दिपेश आले मगरको उत्कृष्ट कटब्याकमा संगले फस्ट बारमा गरेको प्रहार गोल भयो ।

त्यसअघि रंगशालामा पुलिसले संकटालाई २-१ ले हराउँदा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा १-१ को बराबरीमा रोकिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट