खुमलटारमाथि एनआरटीको नाटकीय जित

खुमलटारमाथि एनआरटीको नाटकीय जित : Icon Khabar

काठमाडौं, वैशाख २९ । पहिलो हाफमा २-० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै न्यु रोड टिम (एनआरटी) ले सहिद स्मारक ए डिभिजन लिगमा फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार एनआरटीले ३-२ को जित दर्ता गर्दै अंक तालिकाको नवौं स्थानमा उक्लियो । एनआरटीको १७ खेलमा ५ जित, ६ बराबर र ६ हारसँगै २१ अंक छ । यता खुमलटार भने १७ खेलमा ५ जित, २ बराबर र १० हारका साथ १७ अंक जोड्दै पुछारमा छ ।

खेलको पहिलो हाफमा एनआरटीले आक्रमणमा निकै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । तर काउन्टर अट्याकमा भर परेको खुमलटारले २ गोल गरेको थियो । ३१ औं मिनेटमा गोलरक्षकको लामो बललाई रेजिन सुब्बाले फ्लिक गरेपछि स्टेफान समीरले पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरे । ३९ औं मिनेटमा राजीव लोप्चनले पेनाल्टी क्षेत्र भित्रबाट तीन डिफेन्डरको बीचबाट गोल गरे ।

दोस्रो हाफमा पनि एनआरटीको आक्रमण कायम रह्यो । तर खुमलटारको खराब गोलरक्षणको फाइदा उठाउँदै एनआरटी खेलमा फर्कियो । ६२ औं मिनेटमा सरोज तामाङको कर्नरमा विक्रम धिमालको हेडर गोलरक्षक देव लिम्बुको हातमा लाग्दै गोल भयो ।

त्यसको २ मिनेटपछि नै एनआरटीले बराबरी गोल फर्कायो । निकोलस सर्ज संगको क्रस गोलरक्षक देवले समाउने प्रयास गर्दा आफ्नै पोस्टभित्र छिराएपछि खेल २-२ को स्थितिमा पुग्यो । त्यसपछि प्रशिक्षक याम गुरुङले देवको स्थानमा गोलरक्षक राजकुमार लिम्बुलाई मैदान छिराए ।

तर ८३ औं मिनेटमा निकोलस संगले एनआरटीलाई अग्रता दिलाए । दिपेश आले मगरको उत्कृष्ट कटब्याकमा संगले फस्ट बारमा गरेको प्रहार गोल भयो ।

त्यसअघि रंगशालामा पुलिसले संकटालाई २-१ ले हराउँदा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा १-१ को बराबरीमा रोकिए ।

Published Date: 12 May 2023


ताजा
वी किड्स स्कुलमा चौथौं ‘स्कुल ओपन हाउस’ कार्यक्रम सम्पन्न
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २१ गते शनिबार
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता