नक्कली भुटानी शरणार्थी घोटालाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

नक्कली भुटानी शरणार्थी घोटालाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता : Icon Khabar

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न जोसुकैलाई पनि कानुनी कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई कारवाही हुन नदिने र दोषीलाई छाड्न नहुनेमा सरकार स्पष्ट रहेको बताए ।

भुटानी शरणार्थीको ढाँचामा अमेरिका पठाउने रैकेटको प्रहरीले पर्दाफास गरेको छ । घोटालामा संलग्न केही उच्च पदस्थ व्यक्तिसहित एक दर्जनभन्दा बढी पक्राउ परेका छन् ।

प्रधानमन्त्री दाहालले राप्रपाको टोलीलाई घोटालाको चलिरहेको अनुसन्धानमा कुनै दबाबको प्रभाव नआउने आश्वासन दिएका छन् ।

वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै दाहालले घोटालामा आफूले कसैको दबाब र प्रभावमा नपर्ने बताए ।

ज्ञापनपत्रमा राप्रपाका अध्यक्ष लिङ्देनले विसं २०४६ पछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी घोटालाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

प्रधानमन्त्रीले ज्ञापनपत्र स्वीकार गर्दै घोटालाको अनुसन्धानमा कुनै त्रुटि नहुने आश्वासन दिनुभएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै लिङ्देनले भने ।

Published Date: 12 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक