नक्कली भुटानी शरणार्थी घोटालाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

नक्कली भुटानी शरणार्थी घोटालाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता : Icon Khabar

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न जोसुकैलाई पनि कानुनी कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई कारवाही हुन नदिने र दोषीलाई छाड्न नहुनेमा सरकार स्पष्ट रहेको बताए ।

भुटानी शरणार्थीको ढाँचामा अमेरिका पठाउने रैकेटको प्रहरीले पर्दाफास गरेको छ । घोटालामा संलग्न केही उच्च पदस्थ व्यक्तिसहित एक दर्जनभन्दा बढी पक्राउ परेका छन् ।

प्रधानमन्त्री दाहालले राप्रपाको टोलीलाई घोटालाको चलिरहेको अनुसन्धानमा कुनै दबाबको प्रभाव नआउने आश्वासन दिएका छन् ।

वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै दाहालले घोटालामा आफूले कसैको दबाब र प्रभावमा नपर्ने बताए ।

ज्ञापनपत्रमा राप्रपाका अध्यक्ष लिङ्देनले विसं २०४६ पछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी घोटालाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

प्रधानमन्त्रीले ज्ञापनपत्र स्वीकार गर्दै घोटालाको अनुसन्धानमा कुनै त्रुटि नहुने आश्वासन दिनुभएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै लिङ्देनले भने ।

Published Date: 12 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास