टेनिस टोली बंगालदेश जाने

टेनिस टोली बंगालदेश जाने : Icon Khabar

काठमाडौँ, वैशाख २९ । आईटीएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली छनोट) मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

मे १४ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदासले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा सूर्यभुषण वज्राचार्य छन् ।

टोलीलाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, सदस्य अजय विष्ट र जयजिब हाडालगायतले सातदोबाटो टेनिस कम्प्लेक्समा शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 12 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास