नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता

नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता : Icon Khabar

काठमाडौं, बैशाख २९ । नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसंगै घरेलु गतिविधिमा सक्रियता बढाउदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले निकै ठूलो परिश्रम र संघर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए ।

‘विश्व रग्बीले कुनै देशमा आफ्नो खेल संघ छ भनेर हतार–हतारमा सदस्यता दिदैन । निश्चित प्रक्रिया पूरा गर्नु पर्छ ।’ एसिया रग्बीका कार्यकारी सदस्य समेत रहेका सदस्य–सचिव घिसिङले भने– ‘घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागिता, कार्यालय सञ्चालन, कार्यालयमा कर्मचारीको अवस्था, प्राविधिक जनशक्तिको अवस्थालगायत सबै कुरा हेरेर मात्र विश्व रग्बीले पूर्ण सदस्यता दिन्छ ।’

‘पूर्ण सदस्यता पायौं भनेर चुप लागेर बस्दैनौं । काम पनि गर्ने हो संगसंगै अधिकारीका लागि संघर्ष पनि गर्ने  हो । संघले अब झन सक्रिएता बढाउनु पछ ।’ नेपाल रग्बी संघका पूर्व अध्यक्ष सदस्य–सचिव घिसिङले अगाडि थपे ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले संघको मेहनतले गर्दा नेपालले विश्व रग्बीको मान्यता पाएको बताउदै नेपाली रग्बी व्यवसायिकतामा प्रवेश गरेको धारणा राखे ।

नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेकोमा विश्व रग्बीलाई धन्यवाद दिए ।

Published Date: 12 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक