नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता

नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता : Icon Khabar

काठमाडौं, बैशाख २९ । नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसंगै घरेलु गतिविधिमा सक्रियता बढाउदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले निकै ठूलो परिश्रम र संघर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए ।

‘विश्व रग्बीले कुनै देशमा आफ्नो खेल संघ छ भनेर हतार–हतारमा सदस्यता दिदैन । निश्चित प्रक्रिया पूरा गर्नु पर्छ ।’ एसिया रग्बीका कार्यकारी सदस्य समेत रहेका सदस्य–सचिव घिसिङले भने– ‘घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागिता, कार्यालय सञ्चालन, कार्यालयमा कर्मचारीको अवस्था, प्राविधिक जनशक्तिको अवस्थालगायत सबै कुरा हेरेर मात्र विश्व रग्बीले पूर्ण सदस्यता दिन्छ ।’

‘पूर्ण सदस्यता पायौं भनेर चुप लागेर बस्दैनौं । काम पनि गर्ने हो संगसंगै अधिकारीका लागि संघर्ष पनि गर्ने  हो । संघले अब झन सक्रिएता बढाउनु पछ ।’ नेपाल रग्बी संघका पूर्व अध्यक्ष सदस्य–सचिव घिसिङले अगाडि थपे ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले संघको मेहनतले गर्दा नेपालले विश्व रग्बीको मान्यता पाएको बताउदै नेपाली रग्बी व्यवसायिकतामा प्रवेश गरेको धारणा राखे ।

नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेकोमा विश्व रग्बीलाई धन्यवाद दिए ।

Published Date: 12 May 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता