बिकासमा पक्षपात भयो भने बिद्रोह हुन्छ–अध्यक्ष तिमिल्सिना

बिकासमा पक्षपात भयो भने बिद्रोह हुन्छ–अध्यक्ष तिमिल्सिना : Icon Khabar

काठमाडौँ, वैशाख २९ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले बिकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले बिद्रोह निम्त्याउने सक्ने चिन्ता ब्यक्त गरेको छ ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो बताएको हो ।
‘बिकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ।’, उनले भने ‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अबस्थामा बिद्रोह हुन्छ । पक्षपात रहित ढंगले बिकासको समानुपातिक वितरण आवश्यक छ ।’
अध्यक्ष तिमिल्सिनाले बिकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र निती निर्माण तहमा रहेका ब्यक्तिले बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुन्छ बताए । तीन वटै तहका सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उनले आग्रह पनि गरे ।

२०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अबस्थाको चर्चा गर्दैै तत्कालिन जिल्ला बिकास समिति पर्वतमा सभापति भएपनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर आरोप लागेको स्मरण पनि अध्यक्ष तिमिल्सिनाले गरे । आफुँ तत्कालिन जिबिस सभापति हुँदा कार्यकालको अन्तिम बर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट बिनियोजन गरेको बताए । पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भैरहेका र योजना छनौट प्रकृयामा रहेका स्थानका बासिन्दालाई पनि धैयता गर्न आग्रह गरे । उनले आफुँ राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय बिकास निर्माण र देशका अन्य सरोकारका बिषयमा पनि लागिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुवँर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा, निर्वतमान अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वमान वडा अध्यक्ष बसन्त गुरुङ्ग लगायतले मन्तब्य ब्यक्त गरेको थियो । उक्त वडा कार्यालय भवन ६८ लाख रुपैयाको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र निलकुमारी तिमिल्सिनाले २ रोपनी ६ आना जग्गा निशुल्क दिएको थियो भने स्थानिय लोकनाथ रिजालले बाटोको लागि जग्गा प्रदान गरेको वडा कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग