शुक्रबार सुनको मूल्य प्रतितोला रू ८०० रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला रू ८०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २९ । सुनको मूल्य शुक्रबार तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ रहेको थियो ।

Published Date: 12 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास