बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमा छाडेर स्वदेश फर्के

बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमा छाडेर स्वदेश फर्के : Icon Khabar

काठमाडौं, वैशाख २९ । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बिचमा छाडेर स्वदेश फर्किएका छन् ।

उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका थिए । उनले बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिएका थिए ।

यो ध्यान विधि को १० दिनको हुन्छ । उनको ध्यान मे १८ मा समाप्त हुने तालिका थियो।

आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशल र गुणस्तरीय सिनेमाप्रतिको आफ्नो प्रतिबद्धताका लागि परिचित छन्। उनका लोकप्रिय चलचित्र लगान, ३ इडियट्स, पीके, दिल चाहता है, रंग दे बसन्ती लगायतका छन् ।

Published Date: 12 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक