काठमाडौं, बैशाख २९ । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्सेचञ्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
Published Date: 12 May 2023