कृषिमन्त्री डा भुसालद्वारा कृषिमा लगानी नपुगेको भन्दै चिन्ता व्यक्त

कृषिमन्त्री डा भुसालद्वारा कृषिमा लगानी नपुगेको भन्दै चिन्ता व्यक्त : Icon Khabar

काठमाडौं, बैशाख २९ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त लगानी हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

“राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्ड कृषि भए पनि यस क्षेत्रमा कुल बजेटको ३ प्रतिशत मात्र विनियोजन भएको छ । कृषि यान्त्रिकीकरणको प्रवद्र्धन र बजेटमा बृद्धि गर्न जरुरी छ ,” मन्त्री भुसालले भने ।

संसदको दिगो विकास तथा सुशासन समितिले बिहीबार ‘रासायनिक मलको उपलब्धता र कृषि क्षेत्रमा समस्या’ विषयक कार्यक्रम आयोजना गरेको हो । उनका अनुसार किसानलाई ५ लाख टन रासायनिक मल चाहिन्छ । त्यसैले समयमै बजेट ल्याउन पहल गर्नुपर्नेमा जोड दिँदै उनले मुलुकमा रासायनिक मल कारखाना स्थापना गर्न सम्भव भए नभएको अध्ययन गर्ने निर्णय भएको जानकारी दिए ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले गत वर्ष तोकिएको समयमा बजेट विनियोजन नभए पनि यसपटक सुनिश्चित गरिएको जानकारी दिए । उनले कृषि बीमालाई प्रभावकारी बनाउन सफ्टवेयर तयार गरी सबै किसानलाई अनलाइन प्रणालीमा ल्याइने बताए । तर, पाँच वर्षदेखि बीउको उपलब्धता घट्दै गएको उनले बताए ।

त्यस्तै, सांसद वामदेव गौतमले स्थानीय सरकारलाई कृषिको प्रवद्र्धनमा थप जिम्मेवार बनाउनुपर्ने बताए । ‘ग्रामीण कृषिमा लगानी गरेर लगानीको वातावरण बनाउन सके अवस्था सुधार्न सकिन्छ,’ उनले सुझाव दिए । समितिका अध्यक्ष प्रकाश पन्थ र सदस्यहरूले किसानको समस्यालाई ध्यानमा राखेर कृषिलाई सुदृढ गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सक्रियताको माग गरेका छन् ।

Published Date: 12 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक