कृषिमन्त्री डा भुसालद्वारा कृषिमा लगानी नपुगेको भन्दै चिन्ता व्यक्त

कृषिमन्त्री डा भुसालद्वारा कृषिमा लगानी नपुगेको भन्दै चिन्ता व्यक्त : Icon Khabar

काठमाडौं, बैशाख २९ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त लगानी हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

“राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्ड कृषि भए पनि यस क्षेत्रमा कुल बजेटको ३ प्रतिशत मात्र विनियोजन भएको छ । कृषि यान्त्रिकीकरणको प्रवद्र्धन र बजेटमा बृद्धि गर्न जरुरी छ ,” मन्त्री भुसालले भने ।

संसदको दिगो विकास तथा सुशासन समितिले बिहीबार ‘रासायनिक मलको उपलब्धता र कृषि क्षेत्रमा समस्या’ विषयक कार्यक्रम आयोजना गरेको हो । उनका अनुसार किसानलाई ५ लाख टन रासायनिक मल चाहिन्छ । त्यसैले समयमै बजेट ल्याउन पहल गर्नुपर्नेमा जोड दिँदै उनले मुलुकमा रासायनिक मल कारखाना स्थापना गर्न सम्भव भए नभएको अध्ययन गर्ने निर्णय भएको जानकारी दिए ।

कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले गत वर्ष तोकिएको समयमा बजेट विनियोजन नभए पनि यसपटक सुनिश्चित गरिएको जानकारी दिए । उनले कृषि बीमालाई प्रभावकारी बनाउन सफ्टवेयर तयार गरी सबै किसानलाई अनलाइन प्रणालीमा ल्याइने बताए । तर, पाँच वर्षदेखि बीउको उपलब्धता घट्दै गएको उनले बताए ।

त्यस्तै, सांसद वामदेव गौतमले स्थानीय सरकारलाई कृषिको प्रवद्र्धनमा थप जिम्मेवार बनाउनुपर्ने बताए । ‘ग्रामीण कृषिमा लगानी गरेर लगानीको वातावरण बनाउन सके अवस्था सुधार्न सकिन्छ,’ उनले सुझाव दिए । समितिका अध्यक्ष प्रकाश पन्थ र सदस्यहरूले किसानको समस्यालाई ध्यानमा राखेर कृषिलाई सुदृढ गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सक्रियताको माग गरेका छन् ।

Published Date: 12 May 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ