नेपाल वायुसेवा निगमको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा व्यावसायिक उडान सुरु

नेपाल वायुसेवा निगमको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा व्यावसायिक उडान सुरु : Icon Khabar

गुल्मी, वैशाख २९ । नेपाल वायुसेवा निगमले गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा व्यावसायिक उडान सुरु गरेको छ । शुक्रबार नेपाल एयरलाइन्सको जहाजले कल साइन नाइन एन एबीटीले व्यावसायिक उडान गरेको हो ।

विहान ६ः३० बजे विमान काठमाडौंबाट रेसुंगा विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमान चालक दलका सदस्यसहित १३ जना यात्रु लिएर रेसुंगा आएको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर आयुषा कार्कीले जानकारी दिईन् । रेसुंगा विमानस्थलबाट हप्ताको दुई दिन
मंगलबार र शुक्रबार उडान हुनेछन् ।

रेसुङ्गा विमानस्थल सञ्चालन हुनुअघि गुल्मीका जिल्लावासी रुपन्देहीको भैरहवासम्म गाडीमा काठमाडौं र त्यहाँबाट हवाईजहाजमा जाने गर्थे । काठमाडौंबाट फर्किदा पनि विमानबाट भैरहवा र त्यसपछि गाडीमा करिब पाँच घण्टा यात्रा गर्नुपरेको थियो । गुल्मी-काठमाडौं गाडीबाट यात्रा गर्न करिब १३ देखि २२ घण्टा लाग्छ।

रेसुंगा विमानस्थलबाट काठमाडौंसम्मको हवाई भाडा प्रतिव्यक्ति ६ हजार ३ सय तोकिएको छ । त्यस्तै, काठमाडौंदेखि रेसुंगा विमानस्थलको भाडा ६ हजार ५ सय रुपैयाँ छ । काठमाडौंदेखि रेसुंगा विमानस्थलको दूरी ५० मिनेट छ।

रेसुङ्गा विमानस्थल गुल्मीको रेसुंगा नगरपालिकाको वडा नम्बर-१० सिमिचौरमा अवस्थित छ। जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ किलोमिटर टाढाको कच्ची बाटो काटेर विमानस्थल पुग्न सकिन्छ ।

Published Date: 12 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक