एमाले केन्द्रीय समिति बैठक जारीः बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने

एमाले केन्द्रीय समिति बैठक जारीः बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेश गरिने : Icon Khabar

काठमाडौं, बैशाख २९ । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ। गत २८ बैशाखदेखि सुरु भएको केन्द्रीय समिति बैठक बैशाख ३० गतेसम्म जारी रहनेछ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि अजेन्डा पेश गरेका थिए।

केन्द्रीय प्रचार तथा प्रकाशसन बिभागका सचिव गगन बिष्टका अनुसार हिजो पेश गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ।

‘आज गण्डकीबाट पद्मा अर्याल, बागमतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ-आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्,’ उनले भनेका छन्, ‘उक्त प्रतिवेदनमाथि समूह बिभाजन गथरी छलफल गरिने भएको छ, समूह छलफलपछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नु हुनेछ।’

उनका अनुसार हिजो सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशाषन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाले आ-आफनो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए।

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँचवटा प्रदेश प्रमुखले प्रतिवेदन पेश गरेका थिए। जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल बिश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ-आफनो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए।

बाँकी रहेका प्रदेश कमिटीहरुले आज आ-आफनो प्रतिवेदन पेश गर्नेछन्।

Published Date: 12 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास