राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता : Icon Khabar

काठमाडौं, बैशाख २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रुप दिनका लागि विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले रग्बी, भलिबल र बक्सिङको पूर्वाधार निर्माणका लागि उक्त खेलका राष्ट्रिय संघसंग जग्गा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नगरपालिकाले रग्बीका लागि वडा ७ स्थित सोमतीर्थमा १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने भएको छ । भलिबललाई वडा ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा प्रदान गर्ने छ । बक्सिङका लागि वडा ६ स्थित अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा उपलब्ध गराउने सहमती भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले पूर्वाधार निर्माणका लागि सम्बन्धित संघले आफ्नो अन्तर्राष्ट्रिय महासंघसंग पनि समन्वय गरी श्रोत जुटाउन पहल गर्नु पर्नेमा जोड दिदै पूर्वाधार निर्माण गर्दा बिजुली, पानी, सडक आदिमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

मेयर कार्कीले नगरपालिकाको प्रस्तावलाई सहर्ष स्वीकार गरेकोमा सदस्य–सचिवलाई धन्यवाद दिदै कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने योजना अनुरुप नगरपालिकामा भएका जग्गालाई अधिकतम खेलकुदका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेलकुदको माध्यमबाट चिनाउन नगरपालिकालाई खेलकुद नगरीका रुपमा विकास गर्ने योजना रहेको बताउदै सम्झौता ऐतिहासिक भएको बताए ।

Published Date: 11 May 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ