सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटिइ

सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटिइ : Icon Khabar

काठमाडौँ, वैशाख २८ । सामसङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर छ ।

यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि र्यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ।

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य रु.२ ८,९९९ कायम गरिएको छ भनें ८ + १२८ जिबिको मोबाइल रु.३ १,९९९ मा उपलब्ध छ ।

Published Date: 11 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक