सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटिइ

सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ए२४ एलटिइ : Icon Khabar

काठमाडौँ, वैशाख २८ । सामसङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर छ ।

यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि वा ८ जिबि र्यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ।

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य रु.२ ८,९९९ कायम गरिएको छ भनें ८ + १२८ जिबिको मोबाइल रु.३ १,९९९ मा उपलब्ध छ ।

Published Date: 11 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास