नक्कली भुटानी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छः विद्यार्थी नेताहरु

नक्कली भुटानी प्रकरणमा सरकारले दोषी उम्काए कडा आन्दोलन हुन्छः विद्यार्थी नेताहरु : Icon Khabar

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्ने अवस्था भए सबै एकजुट भएर आन्दोलन् गर्ने बताए ।

प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यबाद दिदै, दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मत्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरु खोल्नु पर्ने बताउँदै भने,“प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।”

एमालेका निवर्तमान सचिव टोपबहादुर रायमाझीलाई पार्टीले जोगाउन खोजेको र आफ्नो संगठनले केही नबोलेको भन्ने आरोप सरासर झुटो भएको बताए । आफ्नो माउपार्टी पनि भ्रष्टाचार विरोधी भएकोले दोषी जोसुकैलाई पनि सरकारले तान्ने र कारवाही गर्नसक्ने बताउँदै भने,“टोपबहादुर रायमाझी कहाँ हुुनुहुन्छ ? किन भाग्नुभयो, पुलिससँग आत्मसमर्पण गर्नुस, निर्दोष सावित हुनुस, हैन भने अनेरास्ववियुले खोज्न नपरोस ।”

सत्तारुडढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति गौरवान्वित भएको बताईन । अघिल्ला सरकारमा रहेकाहरुले यस्ता सयौं काण्डहरुलाई बार्गेनिङ र राजनीतिक लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरुलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको सिंहले बताईन् ।

“दिनदहाडै सुनलाई पित्तल बानाउने प्रचलनलाई क्रमभंग गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई यहि मञ्चबाट सलाम, तर देशी–विदेशीको दबाब समु झुक्नु भयो भने माओवादी विरासत सकिने छ ।”

नेकपा(एस) निकट अनेराश्ववियूका अध्यक्ष सुदेश पाराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत इन्ट्रेस र दबाबमा नपरी अगाडी बढ्नु पर्ने धारणा राखे । आफूहरु सरकारको पक्षमा सडकबाट दबाब दिइरहेको र त्यसले निरन्तरता पाउने अध्यक्ष पराजुलीले बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटा अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान नक्कली भुटानी प्रकरणमा कुनैपनि हालतमा सरकारले खुट्टा कमनाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अध्यक्ष गजुरेलले यस प्रकरणलाई टुङ्गोमा पुर्याएर भ्रष्टाचारका अरु फाइल पनि खोल्नु पर्ने धारणा राखे ।

अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष मिलन राईले सरकारको कदम स्वागत योग्य भएको र यो प्रकरण सफल भए प्रचण्ड जनयुद्ध हाँक्न सफल भएजस्तै वर्तमान सत्ता पनि हाँक्न सफल हुने बताए । जनपक्षिय काममा आफू र आफ्नो संगठनको साथ रहने तर नराम्रा काममा खबरदारी रहने धारणा राखे ।

Published Date: 11 May 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ