स्थानीय सरकारले सीप विकास र बजार प्रवर्द्वनलाई प्राथमिकता दिनुपर्छ : उद्योग मन्त्री रिजाल

स्थानीय सरकारले सीप विकास र बजार प्रवर्द्वनलाई प्राथमिकता दिनुपर्छ : उद्योग मन्त्री रिजाल : Icon Khabar

महोत्तरी, वैशाख २८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सीप विकास र बजार प्रवद्र्धनमा स्थानीय सरकारलाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन् ।

आज बर्दिवासमा भएको एक कार्यक्रममा मन्त्री रिजालले स्थानीय सीपअनुसार उत्पादन बढाउन र स्थानीय बजारको बजार बढाउन सीप विकास गर्न सके मात्रै नेपालको समृद्धिको यात्राले गति लिन सक्ने बताए ।

उनले भने, ‘जनतालाई सीप, सीपले उत्पादन र उत्पादित वस्तुलाई बजारसँग जोडौं । त्यसका लागि स्थानीय तहले नेतृत्व लिएको खण्डमा सङ्घीय सरकार सहयोग गर्न तयार रहेको मन्त्री रिजालले बताए ।

उनले हरेक स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणाअनुसार जनप्रतिनिधिले काम अगाडि बढाउने योजना बनाउनुपर्ने बताए ।

अर्कै नोटमा, उनले नक्कली भुटानी शरणार्थी घोटालाको अनुसन्धान र कारबाहीमा सरकारको कुनै हस्तक्षेप नहुने स्पष्ट पारे।

यस घोटालामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताउँदै मन्त्री रिजालले भ्रष्टाचार नै मुलुकको समृद्धिको मुख्य बाधक भएकाले त्यसलाई रोक्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

Published Date: 11 May 2023