स्थानीय सरकारले सीप विकास र बजार प्रवर्द्वनलाई प्राथमिकता दिनुपर्छ : उद्योग मन्त्री रिजाल

स्थानीय सरकारले सीप विकास र बजार प्रवर्द्वनलाई प्राथमिकता दिनुपर्छ : उद्योग मन्त्री रिजाल : Icon Khabar

महोत्तरी, वैशाख २८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सीप विकास र बजार प्रवद्र्धनमा स्थानीय सरकारलाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन् ।

आज बर्दिवासमा भएको एक कार्यक्रममा मन्त्री रिजालले स्थानीय सीपअनुसार उत्पादन बढाउन र स्थानीय बजारको बजार बढाउन सीप विकास गर्न सके मात्रै नेपालको समृद्धिको यात्राले गति लिन सक्ने बताए ।

उनले भने, ‘जनतालाई सीप, सीपले उत्पादन र उत्पादित वस्तुलाई बजारसँग जोडौं । त्यसका लागि स्थानीय तहले नेतृत्व लिएको खण्डमा सङ्घीय सरकार सहयोग गर्न तयार रहेको मन्त्री रिजालले बताए ।

उनले हरेक स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणाअनुसार जनप्रतिनिधिले काम अगाडि बढाउने योजना बनाउनुपर्ने बताए ।

अर्कै नोटमा, उनले नक्कली भुटानी शरणार्थी घोटालाको अनुसन्धान र कारबाहीमा सरकारको कुनै हस्तक्षेप नहुने स्पष्ट पारे।

यस घोटालामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताउँदै मन्त्री रिजालले भ्रष्टाचार नै मुलुकको समृद्धिको मुख्य बाधक भएकाले त्यसलाई रोक्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू