राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदुत सुक बिच शिष्टाचार भेट

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदुत सुक बिच शिष्टाचार भेट : Icon Khabar

काठमाडौँ, वैशाख २७ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया –दक्षिण कोरिया)का राजदुत पार्क चोंग सुकले बिदाई शिष्टाचार भेट गरेका छन्।

नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदुत सुकले सिंहदरबार स्थित कार्यकक्षमा बुधबार बिदाई शिष्टाचार भेट गरेका हुन्।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाले नेपालमा आफ्ना बिद्यूतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरेकोमा धन्यबाद दिदै सवारी साधन उत्पादन गर्ने र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना आग्रह गरे ।

उनले धेरै नेपाली युवायुवतीहरुलाई इपिएस मार्फत रोजगारीको अवसर दिएकोमा धन्यबाद पनि दिए। सो अवसरमा हाल सम्म नेपालमा कोरियन एयरलायन्सले मात्रै उडान भर्दै आएकोमा नेपाल एयरलायन्सले पनि उडान गर्न सकेको अबस्थामा प्रतिष्पर्धा हुँदा नेपाली कामदारले सस्तो मुल्यमा उडान गर्दा राहत मिल्ने भएकाले त्यसका लागि पनि पहल गर्न पनि आग्रह गरे।

अध्यक्ष तिमिल्सिनाले दुबै देशका अन्तरसंसदीय तथा उच्चस्तरीय भ्रमणको आदनप्रादन हुने अपेक्षा पनि गरे । सो अवसरमा दक्षिण कोरियाका राजदुतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा बधाई दिदै गणतन्त्र कोरियाको राजदूतको रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबूत, प्रगाढ र व्यापक बनाउन निर्वाह गर्नु भएको सक्रिय भूमिकाको लागि धन्यबाद पनि ब्यक्त गरे।

शिष्टाचार भेटका अवसरमा दक्षिण कोरियाका राजदुत पार्क चोंग सुकले नेपालमा लगानी मैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योगहरु नेपालमा आउन सक्ने कुरामा पनि जोड दिए। उनले दुबै देशका बिचमा भविश्यमा उच्चस्तरीय भ्रमण हुने बिश्वास ब्यक्त गरेका थिए। उनले नेपाल र दक्षिण कोरियाका बिचमा सम्बन्ध प्रगाढ बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले गरेको पहलका लागि प्रमुख आधार बन्न पुगेको भन्दै अध्यक्षको प्रसंशा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 May 2023






ताजा
मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घट्यो
नेपालमा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको संकेत
तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो
सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सर्वोच्चको आदेश


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न