चालु आर्थिक वर्षको चैत्रसम्ममा करिब ९ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रियो

गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको चैत्रसम्ममा करिब ९ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रियो : Icon Khabar

काठमाडौँ, वैशाख २७ । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत्रसम्ममा करिब ९ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

केन्द्रिय बैंकले प्रकाशित गरेका चैत्रसम्मको मासिक विवरण अनुसार नौ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

Published Date: 10 May 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता