चालु आर्थिक वर्षको चैत्रसम्ममा करिब ९ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रियो

गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको चैत्रसम्ममा करिब ९ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रियो : Icon Khabar

काठमाडौँ, वैशाख २७ । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत्रसम्ममा करिब ९ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

केन्द्रिय बैंकले प्रकाशित गरेका चैत्रसम्मको मासिक विवरण अनुसार नौ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

Published Date: 10 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक