नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि ‘नेवा: सुपरस्टार सिरपा’ हुँदै

नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि ‘नेवा: सुपरस्टार सिरपा’ हुँदै : Icon Khabar

काठमाडौं, वैशाख २७ । नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवा: सुपरस्टार सिरपा’ हुने भएको छ । ग्लोबल नेवा: नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने बताइएको हो ।

काठमाडौंको सोल्टी व्याङक्वेटमा एक कार्यक्रमबीच विजेता घोषणा गरिने जनाइएको छ । प्रतियोगिताका लागि पाँच जना महिला जसमा हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ र रजनी खड्गी छन् ।

यस्तै, पाँच जना पुरुष जसमा सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रूपेन्द्र श्रेष्ठ गरी १० कलाकार छनोट गरिएको हो । विजेता महिला र पुरुषलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ ।

Published Date: 10 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास