नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि ‘नेवा: सुपरस्टार सिरपा’ हुँदै

नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि ‘नेवा: सुपरस्टार सिरपा’ हुँदै : Icon Khabar

काठमाडौं, वैशाख २७ । नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवा: सुपरस्टार सिरपा’ हुने भएको छ । ग्लोबल नेवा: नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने बताइएको हो ।

काठमाडौंको सोल्टी व्याङक्वेटमा एक कार्यक्रमबीच विजेता घोषणा गरिने जनाइएको छ । प्रतियोगिताका लागि पाँच जना महिला जसमा हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ र रजनी खड्गी छन् ।

यस्तै, पाँच जना पुरुष जसमा सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रूपेन्द्र श्रेष्ठ गरी १० कलाकार छनोट गरिएको हो । विजेता महिला र पुरुषलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ ।

Published Date: 10 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक