पुलिस र मनाङको रोमाञ्चक बराबरी

पुलिस र मनाङको रोमाञ्चक बराबरी : Icon Khabar

काठमाडौं, वैशाख २५ । विभागीय नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

पुलिस र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पुलिसका एहमद हिजाजीले दुई गोल गर्दा मनाङका रोशन राना मगर र सायिदजमोल दभ्लातजोनोभले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको १६औं मिनेटमा एहमद हिजाजीको गोलबाट पुलिसले सुरुवाती अग्रता लिन सफल भएको थियो ।

३३औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा सायिदजमोल दभ्लातजोनोभले गोल गरेपछि मनाङले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

तर, मनाङले त्यो अग्रतालाई दोस्रो हाफमा बचाउन सकेन । ७१औं मिनेटमा हिजाजीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पुलिसलाई हारबाट जोगाए ।

यस बराबरीसँगै मनाङ १६ खेलबाट २० अंक जोडेर सातौं स्थानमा रहेको छ । समान २० अंक भएपनि गोल अन्तरमा हिमालयन शेर्पा क्लब पछि छ । पुलिस १६ खेलबाट १६ अंक जोडेर पुछारमा यथावत छ ।

Published Date: 08 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास