पुलिस र मनाङको रोमाञ्चक बराबरी

पुलिस र मनाङको रोमाञ्चक बराबरी : Icon Khabar

काठमाडौं, वैशाख २५ । विभागीय नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

पुलिस र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । पुलिसका एहमद हिजाजीले दुई गोल गर्दा मनाङका रोशन राना मगर र सायिदजमोल दभ्लातजोनोभले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको १६औं मिनेटमा एहमद हिजाजीको गोलबाट पुलिसले सुरुवाती अग्रता लिन सफल भएको थियो ।

३३औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा सायिदजमोल दभ्लातजोनोभले गोल गरेपछि मनाङले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

तर, मनाङले त्यो अग्रतालाई दोस्रो हाफमा बचाउन सकेन । ७१औं मिनेटमा हिजाजीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पुलिसलाई हारबाट जोगाए ।

यस बराबरीसँगै मनाङ १६ खेलबाट २० अंक जोडेर सातौं स्थानमा रहेको छ । समान २० अंक भएपनि गोल अन्तरमा हिमालयन शेर्पा क्लब पछि छ । पुलिस १६ खेलबाट १६ अंक जोडेर पुछारमा यथावत छ ।

Published Date: 08 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक