गृहमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूत चेन सोङको शिष्टाचार भेट

गृहमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूत चेन सोङको शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, वैशाख २५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नभएको बताए । श्रेष्ठले नेपालको भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको दोहोर्‍याए ।

सो अवसरमा श्रेष्ठले चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई २१ वटा ड्रोन सहयोग गर्ने घोषणा गरेकोमा राजदूत चेनलाई धन्यवाद दिनुभयो । उनले छिट्टै ड्रोन नेपाल पठाउने व्यवस्था मिलाइने बताए । उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने पनि बताए ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार दुई देशको सिमाना जोडिएका जिल्लामा नियमित भेटघाट हुनुपर्ने बताए । सीमा क्षेत्रमा काम गर्ने दुई देशका अधिकारीबीचको सम्पर्क र समन्वयलाई तिव्रता दिनुपर्ने उनको धारणा थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले विगतमा सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पास उपलब्ध गराएको र यस व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाको दैनिकी सहज भएको बताए । उनले चिनियाँ राजदूतलाई व्यवस्था मिलाउन पहल गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले तातोपानी, रसुवा र हिल्सा नाका पूर्णरुपमा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै थप नाका छिट्टै सञ्चालनमा ल्याउन पहल गर्न राजदूत चेनलाई आग्रह गरे । श्रेष्ठले बझाङको साइपाल, दार्चुलाको तिङ्कर, गोरखाको रुइला र मुगुमा पनि व्यापारिक नाका खोल्न पहल गर्न आग्रह गरे ।

जवाफमा चिनियाँ राजदूत चेनले नेपालको सिफारिसअनुसार आफूले पहल गर्ने आश्वासन दिए । उनले सीमा क्षेत्रका अधिकारीले सम्पर्कलाई तिव्रता दिई समानान्तर बैठक बसाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको धारणामा आफू पनि सहमत रहेको बताए ।

राजदूत चेनले एक चीन नीतिलाई सदैव सहयोग गरेकोमा नेपाललाई धन्यवाद दिए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछिका उच्चस्तरीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई उचाइमा पुर्याएको बताए ।

नेपाली भूमिलाई चिनियाँ विरोधी गतिविधिका लागि प्रयोग हुन नदिन र नेपालमा चिनियाँ लगानी र सम्पत्तिको संरक्षणमा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत सोङले यसलाई निरन्तरता दिन आफू आशावादी रहेको बताए ।

चेनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानुनी सहायता सम्झौतालाई कार्यान्वयन गर्न आवश्यक समन्वय गर्न आग्रह गरे । उनले नेपाल प्रहरीलाई सहयोग गर्न चीनको तिब्बत स्वायत्त क्षेत्रले घोषणा गरेका २१ वटा ड्रोन तत्काल हस्तान्तरण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे ।

केही विषय र बिषयमा थप छलफल गर्न आवश्यकता अनुसार बैठक जारी राख्ने प्रतिबद्धताका साथ बैठक सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023






ताजा
मंगलबार नेप्से परिसूचक १०.२५ अंकले घट्यो
नेपालमा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको संकेत
तामाकोशी नदीमा खसेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो
सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सर्वोच्चको आदेश


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न