युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ गतेदेखि हुने

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ गतेदेखि हुने : Icon Khabar

काठमाडौँ, वैशाख २२ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर वैशाख २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

युनियन र प्राइमको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभा र गुराँसको सोहि दिन सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ ।

एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द हुने छन् । यी ३ कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् ।

Published Date: 05 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा