बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू : Icon Khabar

काभ्रे, वैशाख २२ । हरेक वर्ष चण्डि पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा मनाइने ‘चण्डेश्वरी जात्रा’ सुरु भएको छ । बनेपावासीले चण्डेश्वरी जात्रालाई ठूलो महत्वका साथ मनाउने गर्दछन् ।

किंवदन्ती अनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माइको जात्रा धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाए ।

त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भयो । देवताहरु ज्यान जोगाउनका लागि पन्छीको रुप धारण गरी वनबाट अलप भए ।

चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन, चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् ।

त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएका छ ।

यस जात्राका लागि देश तथा विदेशका विभिन्न स्थानमा कामको सिलसिलामा रहेका सम्पूर्ण बनेपालीहरु घर आउने गर्दछन् । देवमाला बंशावलीमा उल्लेख भएअनुसार सत्य युगको प्रथम पागमा नै चण्डेश्वरी जात्रा उल्लेख भएको पाइन्छ ।

Published Date: 05 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा