नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेस गरिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेस गरिँदै : Icon Khabar

काठमाडौं, वैशाख २१ । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्नता पाइएपछि पक्राउ परेका सन्दीपलाई  जिल्ला अदालत काठमाडौंमा आज पेस गरिँदैछ ।

सन्दीपलाई प्रहरीले बुधबार नै रुपन्देहीबाट पक्राउ गरिसकेको छ । पक्राउ परेका उनलाई काठमाडौं ल्याउने र थप अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरिँदैछ ।

नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।

उनीहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर उनीहरु फरार छन् ।

Published Date: 04 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक