नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेस गरिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेस गरिँदै : Icon Khabar

काठमाडौं, वैशाख २१ । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्नता पाइएपछि पक्राउ परेका सन्दीपलाई  जिल्ला अदालत काठमाडौंमा आज पेस गरिँदैछ ।

सन्दीपलाई प्रहरीले बुधबार नै रुपन्देहीबाट पक्राउ गरिसकेको छ । पक्राउ परेका उनलाई काठमाडौं ल्याउने र थप अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गरिँदैछ ।

नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।

उनीहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर उनीहरु फरार छन् ।

Published Date: 04 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास