हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित

हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख २१ । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा सानदार जित दर्ता गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गर्दै आर्सनलाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो । सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे ।

वेस्ट ह्यामले घरेलु टोली सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा सिटीको लगातारको आक्रमणलाई रोक्न सकेन ।

यो जितसँगै सिटीले ३३ खेलबाट २५ जितसहित ७९ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । एक खेल बढी खेलेको आर्सनलको २४ जितसहित ७८ अंक छ । पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ ।

Published Date: 04 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास