हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित

हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित : Icon Khabar

काठमाडौं, वैशाख २१ । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा सानदार जित दर्ता गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गर्दै आर्सनलाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो । सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे ।

वेस्ट ह्यामले घरेलु टोली सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा सिटीको लगातारको आक्रमणलाई रोक्न सकेन ।

यो जितसँगै सिटीले ३३ खेलबाट २५ जितसहित ७९ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । एक खेल बढी खेलेको आर्सनलको २४ जितसहित ७८ अंक छ । पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ ।

Published Date: 04 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक