८७ मेगावाटको सेती नदी–३ जलविद्युत आयोजना निर्माणका लागि १७ अर्ब ८९ करोड लगानी अनुमान

८७ मेगावाटको सेती नदी–३ जलविद्युत आयोजना निर्माणका लागि १७ अर्ब ८९ करोड लगानी अनुमान : Icon Khabar

काठमाडौं, वैशाख २१ । ८७ मेगावाटको सेती नदी–३ जलविद्युत् आयोजना निर्माण गर्न करिब १७ अर्ब ८९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजनाले गरेको सम्भाव्यता सर्वेक्षणमा अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न आवश्यक पर्ने रकम आएको हो । नेपाल विद्युत प्राधिकरणको सहायक चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड आयोजनाको विकासकर्ता हो ।

प्राधिकरणका अनुसार चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन गरी प्रतिवेदन तयार पारेको छ । आयोजनाको प्रति मेगावाट लागत २२ करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

सेती नदी–३ जलविद्युत् आयोजना बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाका ६ वडामा विस्तार हुने भएको छ । सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार आयोजनाको अधिकतम हेड १२४ दशमलव ४६ मिटर रहने छ भने कुल हेड ११५ दशमलव ७ मिटर रहने छ ।

आयोजना सात वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । आयोजनाको आन्तरिक प्रतिफल दर १२० प्रतिशत हुनेछ ।

Published Date: 04 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास