८७ मेगावाटको सेती नदी–३ जलविद्युत आयोजना निर्माणका लागि १७ अर्ब ८९ करोड लगानी अनुमान

८७ मेगावाटको सेती नदी–३ जलविद्युत आयोजना निर्माणका लागि १७ अर्ब ८९ करोड लगानी अनुमान : Icon Khabar

काठमाडौं, वैशाख २१ । ८७ मेगावाटको सेती नदी–३ जलविद्युत् आयोजना निर्माण गर्न करिब १७ अर्ब ८९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजनाले गरेको सम्भाव्यता सर्वेक्षणमा अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न आवश्यक पर्ने रकम आएको हो । नेपाल विद्युत प्राधिकरणको सहायक चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड आयोजनाको विकासकर्ता हो ।

प्राधिकरणका अनुसार चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन गरी प्रतिवेदन तयार पारेको छ । आयोजनाको प्रति मेगावाट लागत २२ करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

सेती नदी–३ जलविद्युत् आयोजना बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाका ६ वडामा विस्तार हुने भएको छ । सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार आयोजनाको अधिकतम हेड १२४ दशमलव ४६ मिटर रहने छ भने कुल हेड ११५ दशमलव ७ मिटर रहने छ ।

आयोजना सात वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । आयोजनाको आन्तरिक प्रतिफल दर १२० प्रतिशत हुनेछ ।

Published Date: 04 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक