सत्ता गठबन्धनको बैठक बजेटको विषयमा छलफल

सत्ता गठबन्धनको बैठक बजेटको विषयमा छलफल : Icon Khabar

काठमाडौं, वैशाख २० । सत्ता गठबन्धनका शीर्ष दलको बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ। बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको जनाएको छ ।

देशको आर्थिक प्रतिकुलतालाई बजेटमा कसरी अनुकुलतामा परिणात गर्ने भन्ने विषयमा छलफल गर्दै सरकारमा रहेका राजनीतिक दलका धारणा मिल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकताको तयारी गरेर अगाडि बढ्ने सहमति भएको जनाएको छ ।

राष्ट्रपतिले वैशाख २४ गतेका लागि बजेट अधिवेशन आह्वान भएलगतै बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा सत्ता गठबन्धनले बजेटका सिद्धान्त र प्राथमिकतालाई एकरुपता कसरी दिने भन्ने विषयमा छलफल भएको जनाएको छ ।

गठबन्धनको अर्को बैठक शुक्रबार फेरि बस्नेछ।

Published Date: 03 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक