सत्ता गठबन्धनको बैठक बजेटको विषयमा छलफल

सत्ता गठबन्धनको बैठक बजेटको विषयमा छलफल : Icon Khabar

काठमाडौं, वैशाख २० । सत्ता गठबन्धनका शीर्ष दलको बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ। बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको जनाएको छ ।

देशको आर्थिक प्रतिकुलतालाई बजेटमा कसरी अनुकुलतामा परिणात गर्ने भन्ने विषयमा छलफल गर्दै सरकारमा रहेका राजनीतिक दलका धारणा मिल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकताको तयारी गरेर अगाडि बढ्ने सहमति भएको जनाएको छ ।

राष्ट्रपतिले वैशाख २४ गतेका लागि बजेट अधिवेशन आह्वान भएलगतै बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा सत्ता गठबन्धनले बजेटका सिद्धान्त र प्राथमिकतालाई एकरुपता कसरी दिने भन्ने विषयमा छलफल भएको जनाएको छ ।

गठबन्धनको अर्को बैठक शुक्रबार फेरि बस्नेछ।

Published Date: 03 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास