लुम्बिनीका मूख्यमन्त्री र आयोगका उपाध्यक्षबीच भेटवार्ता

स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मूख्यमन्त्री चौधरीको आग्रह

लुम्बिनीका मूख्यमन्त्री र आयोगका उपाध्यक्षबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख २० ।  लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।

भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनु पर्ने बताए । स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे ।

मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ’ मूख्यमन्ी चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’

मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए ।

जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई वलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलार्य जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई वलियो बनाउनु पर्ने उनको भनाइ छ ।

रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधै आफ्नो मान्यता रहेको उनले बताए । ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपरो’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’

भेटमा मूख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । चौधरीले मूख्यमन्त्रीको रुपमा केही दिन अघिमात्रै प्रदेशसभाबाट विस्वासको मत पाएका थिए ।

Published Date: 03 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास