लुम्बिनीका मूख्यमन्त्री र आयोगका उपाध्यक्षबीच भेटवार्ता

स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मूख्यमन्त्री चौधरीको आग्रह

लुम्बिनीका मूख्यमन्त्री र आयोगका उपाध्यक्षबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, वैशाख २० ।  लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।

भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनु पर्ने बताए । स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे ।

मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ’ मूख्यमन्ी चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’

मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए ।

जवाफमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई वलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलार्य जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई वलियो बनाउनु पर्ने उनको भनाइ छ ।

रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधै आफ्नो मान्यता रहेको उनले बताए । ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपरो’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’

भेटमा मूख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । चौधरीले मूख्यमन्त्रीको रुपमा केही दिन अघिमात्रै प्रदेशसभाबाट विस्वासको मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग