फ्रेन्ड्समाथि चर्च ब्वाइजको जित

फ्रेन्ड्समाथि चर्च ब्वाइजको जित : Icon Khabar

काठमाडौं, वैशाख २० । चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लब कुपन्डोलमाथि जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर चर्च ब्वाइजले फ्रेन्ड्समाथि २–१ को  जित दर्ता गरेको हो । चर्च ब्वाइजको  जितमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे । फ्रेन्ड्सका बेन नास क्वान्साको गोल सान्त्वना बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १४औं मिनेटमा बेन नास क्वान्साले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । डोना थापाको फ्रिकिकमा उनले पहिलो बार च्याप्दै गरेको हेडरले जाली चुमेको थियो ।

८७औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा रन्जित सिंह पान्द्रेलाई बेन नास क्वान्स र प्रेम बहादुर भण्डारीले फउल गरेपछि रेफ्रीले चर्च ब्वाइजलाई पेनाल्टी प्रदान गर्दा अन्जन चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को  जित दिलाए । कमल श्रेष्ठको कर्नरमा फ्रेन्ड्सको क्लियरेन्स राम्रो हुन नसकेपछि मौसम सुब्बाले दिएको पासलाई लक्ष्मण रुचालले क्लियर गर्न नसकेपछि आशिषले दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै चर्च ब्वाइज १४ खेलबाट २४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । जावालाखेलसँग समान २४ अंक रहेपनि चर्च ब्वाइज हेड टु हेड र गोलअन्तरमा पछि छ । पराजित फ्रेन्ड्स १४ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।

Published Date: 03 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास