फ्रेन्ड्समाथि चर्च ब्वाइजको जित

फ्रेन्ड्समाथि चर्च ब्वाइजको जित : Icon Khabar

काठमाडौं, वैशाख २० । चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लब कुपन्डोलमाथि जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर चर्च ब्वाइजले फ्रेन्ड्समाथि २–१ को  जित दर्ता गरेको हो । चर्च ब्वाइजको  जितमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे । फ्रेन्ड्सका बेन नास क्वान्साको गोल सान्त्वना बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको १४औं मिनेटमा बेन नास क्वान्साले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । डोना थापाको फ्रिकिकमा उनले पहिलो बार च्याप्दै गरेको हेडरले जाली चुमेको थियो ।

८७औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा रन्जित सिंह पान्द्रेलाई बेन नास क्वान्स र प्रेम बहादुर भण्डारीले फउल गरेपछि रेफ्रीले चर्च ब्वाइजलाई पेनाल्टी प्रदान गर्दा अन्जन चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को  जित दिलाए । कमल श्रेष्ठको कर्नरमा फ्रेन्ड्सको क्लियरेन्स राम्रो हुन नसकेपछि मौसम सुब्बाले दिएको पासलाई लक्ष्मण रुचालले क्लियर गर्न नसकेपछि आशिषले दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै चर्च ब्वाइज १४ खेलबाट २४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । जावालाखेलसँग समान २४ अंक रहेपनि चर्च ब्वाइज हेड टु हेड र गोलअन्तरमा पछि छ । पराजित फ्रेन्ड्स १४ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।

Published Date: 03 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक