राष्ट्रपति पौडेलले बोलायो वैशाख २४ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

राष्ट्रपति पौडेलले बोलायो वैशाख २४ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन : Icon Khabar

काठमाडौं, वैशाख २० । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ।

प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ। यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण प्रस्तुत हुनेछ।

Published Date: 03 May 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता