नेपाली मेक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धामा हार

नेपाली मेक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग प्रतिस्पर्धामा हार : Icon Khabar

काठमाडौं, वैशाख २० । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा २०२३ को अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेको आईबिए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापाले जर्मनीका गोक्दुमान देवरामसंग ४:१ अंकको आधारमा प्रतिस्पर्धा हार बेहोरेका छन् ।

नेपाली मुक्केबाज थापाले ६० (६३।५ किलो तौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसंग मे ०२ तारिखमा नेपाली समय अनुसार दिउँसो १ बजे राउण्ड ६४ अन्तर्गत सेसन २ “ए” को पाँचौ नम्बर बाउट ४६ प्रतिस्पर्धा गरेका थिए । थापा १३ औं सागका स्वर्ण पदक विजिता खेलाडी हुन् ।

जर्मनी मुक्केबाजसंग राम्रो खेल प्रदर्शन गर्दै ४स्१ ९स्प्लिट० अंकमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

४८ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि सो स्थानमा पुगिसकेकाछन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग मे ४ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।

थापा सहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई गत अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिको टोलीले विदाई गरेका थिए ।

Published Date: 03 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक