पृथ्वी राजमार्गको याम्पा–आँबु खैरेनी सडक चार घण्टापछि सञ्चालनमा

पृथ्वी राजमार्गको याम्पा–आँबु खैरेनी सडक चार घण्टापछि सञ्चालनमा : Icon Khabar

दमौली, वैशाख २० । ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि याम्पा आँधीखोलावासीले अवरुद्ध गरेको पृथ्वी राजमार्गको याम्पा–आँबु खैरेनी सडक चार घण्टापछि सञ्चालनमा आएको छ । आक्रोशित स्थानीयले आज राजमार्गको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा यातायात अवरुद्ध गरेका छन् ।

बिहान १० बजेदेखि अवरुद्ध भएको सडक अहिले सुचारु भएको छ । पीडितका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले दोषीलाई कारबाही र घाइतेलाई उचित क्षतिपूर्ति दिने सहमति गरेपछि राजमार्ग सञ्चालनमा आएको हो । बैठक सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहरेले बोलाएका हुन् ।

बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा आज बिहान मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकले ठक्कर दिँदा ११ जना घाइते भएका छन् । ट्रक चिप्लिएर सडक छेउमा ठोक्किएर सडक छेउमा रहेका पैदलयात्रीलाई घाइते बनाएको गाउँपालिका–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।

Published Date: 03 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास