पृथ्वी राजमार्गको याम्पा–आँबु खैरेनी सडक चार घण्टापछि सञ्चालनमा

पृथ्वी राजमार्गको याम्पा–आँबु खैरेनी सडक चार घण्टापछि सञ्चालनमा : Icon Khabar

दमौली, वैशाख २० । ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि याम्पा आँधीखोलावासीले अवरुद्ध गरेको पृथ्वी राजमार्गको याम्पा–आँबु खैरेनी सडक चार घण्टापछि सञ्चालनमा आएको छ । आक्रोशित स्थानीयले आज राजमार्गको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा यातायात अवरुद्ध गरेका छन् ।

बिहान १० बजेदेखि अवरुद्ध भएको सडक अहिले सुचारु भएको छ । पीडितका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले दोषीलाई कारबाही र घाइतेलाई उचित क्षतिपूर्ति दिने सहमति गरेपछि राजमार्ग सञ्चालनमा आएको हो । बैठक सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहरेले बोलाएका हुन् ।

बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा आज बिहान मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकले ठक्कर दिँदा ११ जना घाइते भएका छन् । ट्रक चिप्लिएर सडक छेउमा ठोक्किएर सडक छेउमा रहेका पैदलयात्रीलाई घाइते बनाएको गाउँपालिका–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।

Published Date: 03 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक