आमसञ्चार विधेयकमा सरोकारवालासँग वार्ता गर्ने सभामुख घिमिरेको प्रतिबद्धता

आमसञ्चार विधेयकमा सरोकारवालासँग वार्ता गर्ने सभामुख घिमिरेको प्रतिबद्धता : Icon Khabar

काठमाडौं, वैशाख २० । सभामुख देवराज घिमिरेले संसदमा रहेको आमसञ्चार विधेयकमाथि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संघसंस्था र सरोकारवालासँग वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा सबै सञ्चारकर्मीलाई शुभकामना व्यक्त गर्दै उनले विधेयकलाई प्रभावकारी बनाउने र प्रेसमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

‘नेपाली प्रेसलाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउन बनेको विधेयक अहिले संसदमा विचाराधीन छ, म संसदको तर्फबाट प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सङ्घसंस्थाहरूसँग वार्ता गरी विधेयकलाई प्रभावकारी बनाउन र प्रेसमैत्री कानुन बनाउने वाचा गर्छु ।

प्रेस स्वतन्त्रताको विषय सञ्चारकर्मी र मिडिया हाउसका लागि मात्र नभई सबै नागरिकका लागि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रतालाई अभिव्यक्ति स्वतन्त्रताको अंगका रूपमा लिनुपर्ने र प्रेसमाथि कुनै पनि प्रकारको बन्देज लगाउन नहुनेमा जोड दिए ।

मुलुकमा प्रजातन्त्र स्थापना गर्नको ‘अविस्मरणीय’ भूमिकाको प्रशंसा गर्दै सभामुखले प्रजातान्त्रिक मुलुकमा प्रेसले राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको चौकीदारको रूपमा काम गर्ने भएकाले लोकतान्त्रिक मुलुकमा प्रेसलाई चौथो राज्यको रूपमा स्वीकार गरिएको बताए ।

Published Date: 03 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास