बुधबार नेप्से परिसूचक ९.१८ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ९.१८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २० । बुधबार नेप्से परिसूचक ९.१८ अंक घटेर १८५७.२३ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको बजारमा आज २६५ स्टकको १८ हजार ८७२ पटकको कारोबारमा ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजर कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2023
Website | + posts