शाह हानको ४८ औं अध्यक्षमा निर्वाचित

शाह हानको ४८ औं अध्यक्षमा निर्वाचित : Icon Khabar

काठमाडौं, वैशाख १६ । होटल एसोसिएसन नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको ४८औँ वार्षिक साधारणसभाले शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । उनी हानका पहिलो उपाध्यक्ष थिए।

त्यस्तै संघको प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, दोस्रो उपाध्यक्षमा विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।

नयाँ कार्य समितिमा विधीता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोद शंकर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल, गोपाल राणा, राजन श्रेष्ठ र सुमन घिमिरे सदस्य रहेका छन् ।

Published Date: 29 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास