शाह हानको ४८ औं अध्यक्षमा निर्वाचित

शाह हानको ४८ औं अध्यक्षमा निर्वाचित : Icon Khabar

काठमाडौं, वैशाख १६ । होटल एसोसिएसन नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको ४८औँ वार्षिक साधारणसभाले शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । उनी हानका पहिलो उपाध्यक्ष थिए।

त्यस्तै संघको प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, दोस्रो उपाध्यक्षमा विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।

नयाँ कार्य समितिमा विधीता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोद शंकर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल, गोपाल राणा, राजन श्रेष्ठ र सुमन घिमिरे सदस्य रहेका छन् ।

Published Date: 29 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक