फाइनलमा पानी परे के हुन्छ ?

फाइनलमा पानी परे के हुन्छ ? : Icon Khabar

काठमाडौं, वैशाख १७ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्नेछ । नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।

उता युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । तर आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । फाइनल सोमबारलाई राखिएको छ । सोमबार हुन नसकेको खण्डमा खेल मंगलबार हुनेछ ।

तर सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभर गराउन प्रयास गरिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । यदि खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Published Date: 30 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक