फाइनलमा पानी परे के हुन्छ ?

फाइनलमा पानी परे के हुन्छ ? : Icon Khabar

काठमाडौं, वैशाख १७ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्नेछ । नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।

उता युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै नेपालसँगको फाइनल भेट पक्का गरेको हो । तर आगमी बिहीबार सम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । फाइनल सोमबारलाई राखिएको छ । सोमबार हुन नसकेको खण्डमा खेल मंगलबार हुनेछ ।

तर सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभर गराउन प्रयास गरिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसिसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । यदि खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Published Date: 30 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास