भक्तपुरमा जल उद्दार सम्बन्धी अनुशिक्षण तालिम शुक्रबार सम्पन्न

भक्तपुरमा जल उद्दार सम्बन्धी अनुशिक्षण तालिम शुक्रबार सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख १५ । गत वैशाख ८ गतेदेखि १४ गतेसम्म भक्तपुरको सिद्धपोखरीमा संचालित विपद् व्यवस्थापन अन्तर्गत जल उद्दार सम्बन्धी अनुशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत उपत्यका कमाण्ड हेडक्वाटरको आयोजना र जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वय, RNA-16 का तालिम प्राप्त टोली, जुद्ध बारुण यन्त्र, नेपाल रेडक्रस लगायत जिल्ला स्थित सुरक्षा निकायका संयुक्त सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति, विशिष्ट अतिथि उपत्यका कमाण्ड हे.क्वा का सहायक रथि पवन खत्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाल, सुरक्षा निकायका प्रमुखहरु , प्रशिक्षक तथा प्रशिक्षार्थी, RNA-16 का सदस्यहरूको उपस्थिति रहेको थियो।

Published Date: 28 April 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक