भक्तपुरमा जल उद्दार सम्बन्धी अनुशिक्षण तालिम शुक्रबार सम्पन्न

भक्तपुरमा जल उद्दार सम्बन्धी अनुशिक्षण तालिम शुक्रबार सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख १५ । गत वैशाख ८ गतेदेखि १४ गतेसम्म भक्तपुरको सिद्धपोखरीमा संचालित विपद् व्यवस्थापन अन्तर्गत जल उद्दार सम्बन्धी अनुशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत उपत्यका कमाण्ड हेडक्वाटरको आयोजना र जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वय, RNA-16 का तालिम प्राप्त टोली, जुद्ध बारुण यन्त्र, नेपाल रेडक्रस लगायत जिल्ला स्थित सुरक्षा निकायका संयुक्त सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति, विशिष्ट अतिथि उपत्यका कमाण्ड हे.क्वा का सहायक रथि पवन खत्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाल, सुरक्षा निकायका प्रमुखहरु , प्रशिक्षक तथा प्रशिक्षार्थी, RNA-16 का सदस्यहरूको उपस्थिति रहेको थियो।

Published Date: 28 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय