आइतबार नेप्से परिसूचक १३.०३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १३.०३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर ९ । आइतबार नेप्से परिसूचक १३.०३ विन्दुले घटेर २६६७.४० अंकमा अडिएको छ । २ वटा समूहको सूचकमात्र बढेका छन् । ७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ३ सय २२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ ।

यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2024
Website | + posts