भोलाछेंकी प्रधानाङ्गको मोटरसाइकल ठक्करबाट मृत्यु

भोलाछेंकी प्रधानाङ्गको मोटरसाइकल ठक्करबाट मृत्यु : Icon Khabar

 भक्तपुर, कार्तिक २१ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जे चोक, सल्लाघारीमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार दिउँसो १२:१५ बजे सूर्यविनायकबाट सल्लाघारीतर्फ गइरहेको बागमती प्रदेश ०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले भक्तपुर नगरपालिकाको वडा नं.६ भोलाछेंकी ६९ वर्षीया बिमला प्रधानाङ्गलाई ठक्कर दिएको थियो ।

प्रधानाङ्ग हाल कटुन्जेमा बस्दै आइरहेकी थिइन । ठक्करबाट गम्भीर घाइते भएकी प्रधानाङ्गलाई तत्काल उपचारका लागि भक्तपुरको मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल र चालक घटनास्थलबाट फरार भएका थिए । तर प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले आज खोजी गर्दै दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई पक्राउ गरेको छ । पक्राउ परेका चालक २६ वर्षीय दीपक मानन्धर हुन्, जसको स्थायी ठेगाना रामेछाप जिल्लाको सुनापाती गाउँपालिका वडा नं. ५ भएको र हाल उनी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोटमा बस्दै आएका छन् ।

हाल चालक मानन्धरलाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको जानकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले दिए ।

Published Date: 06 November 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर