भोलाछेंकी प्रधानाङ्गको मोटरसाइकल ठक्करबाट मृत्यु

भोलाछेंकी प्रधानाङ्गको मोटरसाइकल ठक्करबाट मृत्यु : Icon Khabar

 भक्तपुर, कार्तिक २१ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जे चोक, सल्लाघारीमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार दिउँसो १२:१५ बजे सूर्यविनायकबाट सल्लाघारीतर्फ गइरहेको बागमती प्रदेश ०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले भक्तपुर नगरपालिकाको वडा नं.६ भोलाछेंकी ६९ वर्षीया बिमला प्रधानाङ्गलाई ठक्कर दिएको थियो ।

प्रधानाङ्ग हाल कटुन्जेमा बस्दै आइरहेकी थिइन । ठक्करबाट गम्भीर घाइते भएकी प्रधानाङ्गलाई तत्काल उपचारका लागि भक्तपुरको मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल र चालक घटनास्थलबाट फरार भएका थिए । तर प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले आज खोजी गर्दै दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई पक्राउ गरेको छ । पक्राउ परेका चालक २६ वर्षीय दीपक मानन्धर हुन्, जसको स्थायी ठेगाना रामेछाप जिल्लाको सुनापाती गाउँपालिका वडा नं. ५ भएको र हाल उनी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोटमा बस्दै आएका छन् ।

हाल चालक मानन्धरलाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको जानकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले दिए ।

Published Date: 06 November 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने