सन्दीपलाई ओमानविरुद्ध दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर

सन्दीपलाई ओमानविरुद्ध दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर : Icon Khabar

काठमाडौं, वैशाख ८ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा आजको खेलमा ओमानविरुद्ध एक विकेट लिएमा ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाउनेछन् ।

नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ । सन्दीपले आजको खेलमा एक विकेट लिएमा ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् ।

सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रदर्शन ६–११ छ । सन्दीपले आज एक विकेट लिएमा ४२ खेलमा एक सय विकेट ओडिआईमा पूरा गर्नेछन् । जुन ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान हुनेछ ।

ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । यदि सन्दीपले आजको खेलमा विकेट लिन नसकेपनि उक्त कीर्तिमान तोड्ने सम्भावना कायमै रहेनेछ ।

सन्दीपले अर्को खेलमा उक्त कीर्तिमान तोड्न सक्छन् । सन्दीप आजसहित दुई खेलमा विकेटविहीन बनेमा भने त्यो अवसर गुम्नेछ ।

Published Date: 21 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास