सन्दीपलाई ओमानविरुद्ध दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर

सन्दीपलाई ओमानविरुद्ध दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर : Icon Khabar

काठमाडौं, वैशाख ८ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा आजको खेलमा ओमानविरुद्ध एक विकेट लिएमा ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाउनेछन् ।

नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ । सन्दीपले आजको खेलमा एक विकेट लिएमा ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् ।

सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रदर्शन ६–११ छ । सन्दीपले आज एक विकेट लिएमा ४२ खेलमा एक सय विकेट ओडिआईमा पूरा गर्नेछन् । जुन ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान हुनेछ ।

ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए । यदि सन्दीपले आजको खेलमा विकेट लिन नसकेपनि उक्त कीर्तिमान तोड्ने सम्भावना कायमै रहेनेछ ।

सन्दीपले अर्को खेलमा उक्त कीर्तिमान तोड्न सक्छन् । सन्दीप आजसहित दुई खेलमा विकेटविहीन बनेमा भने त्यो अवसर गुम्नेछ ।

Published Date: 21 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक